कांग्रेस महासमिति बैठक मंसिरमा, केन्द्रीय समितिको अर्को बैठक असोज २ गते

नेपाली कांग्रेसले नीति महाधिवेशनको साटो महासमिति बैठक बोलाएको छ। आगामी महासमिति बैठक मंसिर ११, १२ र १३ गते हुने भएको छ।

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठक मंसिर ११, १२ र १३ गते गर्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा सम्पन्न केन्द्रीय समिति बैठकले महासमिति बैठकको निर्णय गरेको हो। आठ दिनसम्म चलेको बैठक बुधबार समापन भएको छ। 

बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गतेका लागि बोलाएका छन्। तर नीति अधिवेशन भने नगर्ने भएको छ।

विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक दुई महिनामा एकपटक बस्नुपर्दछ। विधानअनुसार बैठक नबसेपछि महामन्त्री गगन थापाले प्रश्न उठाएका थिए।

गएको साउन २ गते एक वर्षपछि बैठक बोलाइएको थियो। यसपटक भने सभापति देउवाले विधानअनुसार बैठक बोलाएका हुन्।