अमेरिका र संयुक्त राष्ट्रसंघले भने राष्ट्रपति बजुमलाई आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताएका छन्।
पश्चिम अफ्रिकी देश नाइजरमा सेनाले सत्ता कब्जा गरेको छ।
सेनाका प्रवक्ताले बुधबार राष्ट्रिय टेलिभिजनमार्फत संविधान विघटन भएको घोषणा गर्दै राष्ट्रको सिमाना र सरकारी संस्थान बन्द गरेको बताएका छन्। बीबीसीका अनुसार राष्ट्रपति मोहम्मद बजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ।
कर्णेल अमाडो अब्द्रामानेले नौ जना सैनिकसँगै बसेर गरेको टेलिभिजन सम्बोधनमा भने, “हामीले तपाईँहरूलाई थाहा भएको शासनको अन्त्य गर्ने निर्णय गरेका छौँ।”
देशको सुरक्षा स्थिति निरन्तर बिग्रँदै गएको, कमजोर आर्थिक र सामाजिक सुशासनका कारण सत्ता हातमा लिनुपरेको उनको भनाइ थियो। “सबै बाह्य साझेदारलाई हस्तक्षेप नगर्न आग्रह गरिएको छ। स्थिति सामान्य नभएसम्म स्थल र हवाई सीमा बन्द छ,” उनले भने।
अर्को सूचना जारी नभएसम्म हरेक दिन राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु लाग्ने उनले बताए।
उता, अमेरिकाले भने सेनाको हिरासतमा रहेका राष्ट्रपति बजुमलाई आफ्नो समर्थन गरेको बीबीसीले जनाएको छ। अमेरिकी सेक्रेटरी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बजुमलाई वासिंटनको अटुट समर्थन रहेको बताएका हुन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि राष्ट्रपति बजुमलाई पूर्ण सहयोग गर्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
