क्यानका केन्द्रीय सदस्य दाउद अन्सारीले मौखिक आश्वासनकै भरमा नेपालले टेस्ट राष्ट्रसँग शृंखला खेल्ने भन्दै कार्यवाहक सचिव दुर्गानाथ पाठकले मिडियाबाजी गरेको आरोप लगाएका छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दाउद अन्सारीले औपचारिक भेटघाटमा पाएको मौखिक आश्वासनकै भरमा टेस्ट राष्ट्रसँग शृंखला हुने भन्दै कार्यवाहक सचिव दुर्गानाथ पाठकले मिडियाबाजी गरेको आरोप लगाएका छन्।
जिम्बावे भ्रमणबाट फर्किएका कार्यवाहक सचिव पाठकले क्रिक इन्फोमा नेपालले टी-२० विश्वकपअघि वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अन्य टेस्ट प्लेइङ नेसन्स्सँग नेपालले घरेलु मैदामा शृंखला खेल्न लागेको बताएका थिए। यसबाहेक पाकिस्तान र श्रीलंकासँग पनि शृंखला खेल्नका लागि प्रस्ताव पठाउने तयारी भइरहेको पनि उनले बताएका थिए।
उनका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग दुई एक दिवसीय तथा तीन टी-२० शृंखला खेल्ने तालिका छ। यद्यपि, औपचारिक निर्णय या कागजी प्रक्रिया पूरा भएको छैन।
क्यानको ‘म्यासेन्जर ग्रुप’मा बिहीबार केन्द्रीय सदस्य अन्सारीले मेसेज पठाउँदै चुनावअघि सस्तो लोकप्रियता प्राप्त गर्न मिडियाबाजी गरेको आरोप लगाएका छन्।
“यस्ता ठूला टिमहरूसँग कुनै पनि किसिमको लिखित सम्झौता नै नभएको तर औपचारिक भेटघाटमा मौखिक आश्वासन मात्र पाएको भरमा गरिएको मिडियाबाजीलाई त्यस्ता राष्ट्रहरूले नकारात्मक रूपले लिने गरेको दृष्टान्तलाई मनन नगरी मिडियामार्फत क्यानको आसन्न चुनावलाई प्रभावित गर्न, आफ्नो लागि सस्तो लोकप्रियता प्राप्त गर्न तथा आफूले प्राप्त गरेको अवैधानिक सचिव पदलाई सार्थक देखाउन दिइएको वक्तव्य हो,” उनले पत्रमा लेखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
