स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरेका छन्।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताएका छन्।
प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र’को बिहीबार धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुटाउने काम भएको बताए।
मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठूलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा राख्दै निःशुल्क शय्या नछुटाउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए।
उनले संविधानले नै आमजनताका लागि ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे।
मन्त्री बस्नेतले मधेश प्रदेशको नारायणी उपक्षेत्रीय अस्पतालमा किड्नीको हस्तान्तरणका लागि काम अगाडि बढाइसकेको र जनकपुरधाममा मुटुको सबै प्रकारको उपचार गर्ने गरी गंगालाल हृदयरोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
