नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको प्रधानमन्त्री दाहालको दाबी छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विषयमा मन्त्रीहरूको राजीनामा माग्ने संस्कार राम्रो नभएको बताएका छन्।
इटलीबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको दाबी गरेका हुन्।
“अहिले जसरी प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिएको छ। राजनीतिक विषयमा यसरी राजीनामा माग्ने गलत संस्कार बसेको छ,” उनले भने, “यो राम्रो होइन। स्पष्टिकरण दिने मौकासमेत नदिइकन राजीनामा दिन्छौ भने दउ नत्र संसद् चल्न दिन्नौ भन्ने संस्कारले राम्रो ठाउँतिर लाँदैन। म यत्ति मात्रै भन्छु।”
सुन बरामद प्रकरणका विषयमा थप बुझेर स्पष्ट पार्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। लम्पी स्किन नियन्त्रणमा सरकार गम्भीर रहेकोसमेत उनले बताए।
प्रधानमन्त्री दाहाल खाद्य तथा कृषि संगठनद्वारा इटलीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
