नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताएका छन्।
काठमाडौँ– गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा थानेश्वर कँडेल निर्विरोध निर्वाचित भएका छन्।
आम्सटडममा आयोजित १०औँ राष्ट्रीय महाधिवेशनले कँडेलको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति घोषणा गरेको हो। नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताए।
संगठन बनाउने र संघप्रति विस्वास तथा अपनत्व जगाउन लागिपर्ने उनको भनाइ छ। “नेदरल्यान्ड्समा सीमित आम्दानी गर्नेले पनि लगानीको बातावरण सिर्जना गरी उद्ममशीलता विकासका बिषयमा गहन छलफल गरी सामूहिक लगानीका लागि पहल गर्छौं,” उनले भने, “युवा पुस्तालाई एनआरएनए र नेपालसँग जोड्न गोष्ठी आयोजना गर्ने, आम्सटडममा संसारभरका मानिस आउने भएकाले होटल तथा रेष्टुरेण्टमार्फत ‘नेपाललाई चिनौ’ अभियना चलाउनेलगायत योजना छ।”
अधिवेशनबाट आईसीसी सदस्य मिम पुर्जा, वरिष्ठ उपाध्यक्ष भीमबहादुर रोका, उपाध्यक्षहरू सीता सापकोटा, संघर्षशील केसी, सिताकुमारी थापा क्षेत्री, पेमा लामा, अर्चना पाण्डे र रामचन्द्र पोख्रेल निर्विरोध भएका छन्।
यसैगरी, महिला उपाध्यक्ष अम्बिका गिरी, युवा उपाध्यक्ष दिनेश अर्याल, महासचिव सावित्री पौडेल, सचिव सन्दिप विश्वकर्मा तथा कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः कमल विश्वकर्मा र सुमनराज काफ्ले चयन भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
