बुधबार नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको थियो।
फ्रान्सले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोह अन्तिम नभएको बताएको छ।
नाइजरलाई उपनिवेश बनाएको फ्रान्सले सैन्य विद्रोहलाई अन्तिम मान्न नसकिने दबी गरेको हो। फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले त्यहाँका सबै सैन्य अधिकारी एकताबद्ध नरहेको संकेत गरिन्।
सैनिक घेरामा राष्ट्रपति निवासमा रहेका राष्ट्रपति मोहम्मद बजुमसँग फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले टेलिफोन वार्ता गरेको र उनी स्वस्थ रहेको क्याथरिनको भनाइ छ। “नाइजरका राष्ट्रपतिसँग सम्पर्क कायम गर्न सकिन्छ,” उनले भनिन्।
फ्रान्ससहित अफ्रिकी तथा अन्य अन्तर्राष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली संघ र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन्।
बुधबार नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको थियो। सैन्य टोलीले राष्ट्रपति बजुमलाई बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ।
सैनिक घेरामा रहेका राष्ट्रपति बजुमले ठूलो संघर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजरवासी आफ्नो पक्षमा रहेका बताएका हुन्।
नाइजरका विदेशमन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन्। गणतन्त्रको विपक्षमा जान नसकिने पनि उनले स्पष्ट पारे।
भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै गरिब राष्ट्रमध्येको एक हो। सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि यहाँ चारपटक यस्ता विद्रोह भइसकेका छन्। राष्ट्रपति बजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
