मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
काठमाडौं– मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.१२ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.३० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५३ अंकले घटेको छ।
मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १.०३ प्रतिशत बढेको छ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र वित्त उपसमूहको परिसूचक सामान्य बढेको छ। तर, व्यापार उपसमूहको परिसूचक भने १.५६ प्रतिशत घटेको छ।
मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्य ४.२२ प्रतिशत बढेको छ। त्यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ।
तर, यता कालिका लघुवित्तको सेयरमूल्य ५.७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ। आज शिवम् सिमेन्ट्सको ८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
