राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन्। शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले यस्तो बताएका हुन्।
उनले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसद्मा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए। सांसदहरू संसद्को नियमावलीलाई बेवास्ता गरी जथाभाबी रूपमा उठेर बोल्ने गरेको उनको धारणा छ। उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे।
“एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ। कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ। संसद्भित्रको असभ्यता, अपसंस्कार र संस्कृतिहीन भएको छ। हामीले पुरानो संसद् परित्याग गरेर नयाँ संसद् बनाएका छौँ। यसलाई समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएको हुनाले यो संसद् पहिलो होइन भन्ने गरेका छौँ। पहिलाको भन्दा खराब रूपमा तल झरेर संस्कृतिहीन भइसक्यो,” उनले भने।
उनले कुनै पनि पार्टीले सांसदहरूलाई लगाएर संसद्को गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद् अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए। उनले सांसदहरूले संसद् आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरूले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए। उनले उद्देश्यमूलक ढंगले संसद् चल्न नदिने किसिमले संसद् अवरुद्ध गराउने काम भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
