काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने बताए।
काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्वीर वा भनाइ बिरामीसँग मन्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ।
काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ।”
नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ। रजिस्ट्रार डा. अधिकारीले भने, “चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन।”
सो नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
