विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग गरेपछि संस्कृति–सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए।
काठमाडौँ– काठमाडौँको असनस्थित इतुंबहालभित्रको प्राचीन बौद्धविहार परिसरमा निर्मित विवादित ‘संग्रहालय भवन’को शनिबार उद्घाटन गरिएको छ।
विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग गरेपछि संस्कृति–सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए।
विवादकाबीच संग्रहालय उद्घाटन गरिएको हो। कार्यक्रममा काठमाडौँ महानरका उपप्रमुख सुनिता डंगोल र प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठको उपस्थिति हुने भनिए पनि उनीहरू उपस्थित थिएनन्।

अमेरिकी दूतावासका प्रतिनिधिसमेत उपस्थित थिएनन्। बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य, महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्य र वडा सदस्य रत्नाकर बज्राचार्यले संग्रहालयको उद्घाटन गरेका छन्।
अमेरिकाको न्युयोर्कस्थित ‘रुबिन म्युजियम अफ आर्ट’को २० हजार अमेरिकी डलरको सहयोगमा विहारलाई संग्रहालयको रूप दिएर त्यहाँका सामग्री प्रदर्शन गर्न इतुंबहाल परिसरमा तीन वटा कक्षसहितको भवन बनाइएको छ।
रुबिन संग्रहालयको छवि स्वच्छ नभएकाले त्यो सहयोगसँगै नेपालका विहारको प्राचीन सम्पदामाथि सांस्कृतिक हस्तक्षेप हुने भन्दै सम्पदा संरक्षणकर्मी र स्थानीय बासिन्दाले विरोध जनाइरहेका छन्।
नेपालबाट हराएका तथा चोरी भएका मूर्ति र कलाकृति पहिचान गरी स्वदेश फर्काउने कार्यमा अग्रसर ‘नेपाल सम्पदा पुनर्जागरण अभियान (एनएचआरसी)ले शुक्रबार एक विज्ञप्ति निकालेर विरोध जनाउनुको कारण सार्वजनिक गरेको थियो।
अभियानकी अध्यक्ष रिद्धिबाबा प्रधानले निकालेको विज्ञप्तिमा ‘रुबिन आर्ट अफ म्युजियम’ जस्ता पश्चिमा संग्रहालयले अन्य देशका जीवन्त संस्कृतिको रूपमा रहेका कलाकृति, मूर्ति लगायतका सम्पदालाई एकत्रित गरी प्रदर्शनीको नाममा ‘हराएका मूर्तिको बजार बनाएको’ उल्लेख छ।

सहयोग विवादित बनेपछि काठमाडौँ महानगरले यसमा चासो देखाएको छ। महानगर प्रमुख बालेन शाहले पनि अभियन्तासँग सम्पर्क गरेर संग्रहालयलाई महानगरले सहयोग नगर्न बताएका छन्।
महानगरका निवर्तमान प्रमुख शाक्यले भने सहयोगलाई अन्यथा लिन नहुने बताए। “मैले पहिले नै संग्रहालय स्थापना गर्न पहल गरेको हुँ। हरेक वर्ष एक–एक करोड गरी तीन करोड विनियोजन पनि गरेको थिएँ। प्रशासनिक कारणले हुन सकेको थिएन,” उनले भने, “अरूतिर पनि बनेको छ। यो सहयोगलाई अन्यथा लिनु हुँदैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
