मन्त्री महतोले बाघ, हात्तीलगायत वन्यजन्तुका लागि वासस्थानमै उचित खानपानको व्यवस्था गर्ने विषयमा वन्यजन्तुका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले लगानी गर्नुपर्ने बताए।
ललितपुर– वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थालाई आग्रह गरेका छन्। उनले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले सहयोग गर्नुपर्ने बताएका हुन्।
विश्व बाघ दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंसा पाए पनि त्यसको संरक्षण कार्य चुनौतीको रूपमा उभिएको बताए। बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरूलाई वासस्थानमै उचित खानपानको व्यवस्था गर्ने विषयमा वन्यजन्तुका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले लगानी गर्नुपर्ने मन्त्री महतोले बताए।
नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरूको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिए। “नेपालमा यसबाट मानिसहरूको मृत्यु हुने क्रम बढिरहेको छ। त्यसलाई रोक्न लागि हामी कसरी व्यवस्थापन गर्न सकिन्छ ? यहाँ हाम्रो पार्टनरहरू छन्। जसले हरेक दिन, रात नेपालमा बसेर तपाईं हाम्रो जनावरको बारेमा सोच्ने, काउन्टिङ गर्ने, त्यसको बारेमा लेख्ने, बोल्ने, प्रचारप्रसार गर्ने, चासो राख्ने ती निकायहरूले हामीलाई अब यो संरक्षणमा सहयोग गर्नुपर्यो।” गैरसरकारी संस्थाले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिएका थिए। नेपालमा तराईका पाँच वटा निकुञ्जहरू र त्यस वरपरका वन क्षेत्रमा बाघ पाइन्छ। सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन्। नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
