यसपटक मछिन्द्र सुखद नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ। सबैले मिहिनेत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक केसी बताउँछन्
काठमाडौँ– दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणलाई तीव्रता दिइरहेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मछिन्द्रले प्रशिक्षण शुरू गरेको हो।
एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मछिन्द्रले भुटानको लिग च्याम्पियन पारो एफसीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। उक्त खेलमा आगामी साउन २३ गते दशरथ रंगशालामा नै हुँदैछ।
मछिन्द्रले भने लिग च्याम्पियन भएर उक्त प्रतियोगिता खेल्न लागेको होइन। डेब्यु सिजनमा चर्च ब्वाइज क्लब लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा दोस्रो स्थानको मछिन्द्रले अवसर पाएको हो। त्यससँगै मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो।

पहिलो सहभागिता भने मछिन्द्रका लागि सुखद भएन। प्रारम्भिक चरणको खेलमा नै मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित हुन पुग्यो र उसको यात्रा थप अगाडि बढ्न सकेन।
यसपटक मछिन्द्र सुखद नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ। सबैले मिहिनेत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक केसी बताउँछन्।
अघिल्लो सिजन मछिन्द्रले ब्लु स्टारविरुद्ध सुखद नतिजा निकाल्न नसक्दा प्रारम्भिक चरण पार गर्न सकेन। उक्त खेलमा मछिन्द्रले बल ‘पोसेसन’ आफ्नो नियन्त्रणमा राखे पनि हार बेहोर्यो। यस पटक भने मछिन्द्रले खेलाडी अनुबन्धन र तयारी राम्रो गरेकाले दोस्रो चरणमा पुग्ने प्रशिक्षक किशोर श्रेष्ठको बताउँछन्।

मछिन्द्रको टोलीमा कुल २३ खेलाडी अनुबन्धित छन्। यीमध्ये नौ जना गत लिगमा विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मछिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ।
प्रशिक्षक केसीले समय थोरै भए पनि जतिसक्दो राम्रो तयारी गर्ने योजनामा रहेको बताए। एक हप्ता फिजिकल र त्यसपछि ट्याक्टिकल पक्षमा ध्यान दिने प्रशिक्षक केसीको भनाइ छ।
भुटानले पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको छ। उनीहरूको युथ लेभलको फुटबल निकै राम्रो रहेको प्रशिक्षक केसीको धारणा छ। त्यसैले पनि पारोसँग सचेत रहेर राम्रो फुटबल खेल्ने प्रशिक्षक केसीको विश्वास छ।
यसपटक मछिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ। तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बु, सनिष श्रेष्ठ र आयुष घलान हुन्। यो खेल जितेमा मछिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ।

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले प्रशिक्षकको योजनाअनुरूप आफूहरूको मिहिनेत गरिरहेकाले लिगको भन्दा बलियो टोली बन्नेमा विश्वस्त रहेको बताए। आफूहरूलाई चाहिने पोजिसनमा पनि खेलाडी थपिएको र केही युवा खेलाडीहरू निकै राम्रो रहेकाले पारोसँगको प्रतिस्पर्धा उत्कृष्ट हुने कप्तान श्रेष्ठको विश्वास छ।
मछिन्द्रले यो खेल जिते प्लेअफ राउन्डमा बंगलादेशको ढाका अबाहानी र मालदिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ। आफूहरूले दोस्रो चरणमा पुग्ने लक्ष्य लिए पनि त्योभन्दा पहिला पारोसँगको खेलमा केन्द्रित रहने प्रशिक्षक केसी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
