क्यानोनिङ खेल्ने क्रममा लडेर घाइते भएकी पोखरा २६ बूढीबजारकी अञ्जिता भण्डारीलाई मनिपाल शिक्षण अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
पोखरा– पोखरामा साहसिक खेल क्यानोनिङ खेल्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। ‘पोखरा क्यानोनिङ’मा चिप्लेर लड्दा २२ वर्षीया युवतीको मृत्यु भएको हो। लडेर घाइते भएकी पोखरा २६ बूढीबजारकी अञ्जिता भण्डारीलाई मनिपाल शिक्षण अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
परिवारसहित अमेरिकामा बस्दै आएकी भण्डारी बिदा बनाउन नेपाल आएकी थिइन्। सोही क्रममा साउन १० गते माछापुच्छ्रे गाउँपालिका ९ घलेलस्थित पोखरा क्यानोनिङमा क्यानोनिङ गर्न पुगेकी थिइन्। भण्डारी क्यानोनिङ गर्ने क्रममा चिप्लेर घाइते भइन्।
तत्कालै उनलाई अस्पताल लगिएको तर चिकित्सकहरूले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले सो घटनाबारे अनुसन्धान गरिहरेको छ।
कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले क्यानोनिङ दुर्घटनाबारे अनुसन्धान जारी रहेको र थप विवरण खुलिनसकेको बताए। “घटनाबारे हामीले अनुसन्धान गरिरहेका छौँ। के कारण दुर्घटना भयो भन्नेबारे यकिन भइसकेको छैन,” उनले भने।
घटनाबारे बुझ्न खोज्दा क्यानोनिङका सञ्चालक राम गुरुङसँग सम्पर्क हुने सकेन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
