पहिरोका कारण मानवीय क्षति नभए पनि गाउँका पुल, पानीघट्ट, खेती, खानेपानीलगायत भौतिक संरचना बगाएको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताए।
काठमाडौँ– अविरल वर्षापछि गएको पहिरोले हुम्लाको सर्केगाढ गाउँपालिका वडा नं २, ३, ६ र ८ मा पहिरोले ठूलो भौतिक क्षति गरेको छ।
गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीका अनुसार शुक्रबार र शनिबार उक्त गाउँहरूमा पहिरो गएको हो। पहिरोका कारण मानवीय क्षति नभए पनि गाउँका पुल, पानीघट्ट, खेती, खानेपानीलगायत सबै संरचना बगाएको उनले बताए।
“५०० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा छन्,” उनले उकालोसँग भने, “उहाँहरूलाई सुरक्षित स्थानमा सार्नेबारे छलफल भइरहेको छ।”
एक घरदेखि अर्को घरमा आवतजावत गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको भनाइ छ। “सबैभन्दा बढी २ नं वडाको रिप गाउँका स्थानीय प्रभावित भएको छ। लेकमा गएका गोठालाहरू उतै थुनिएका छन्। विद्यालय बन्द छन्,” उनले भने।
सिपगाड तर्नका लागि बनाइएका तीन वटा काठे पुल पहिरोले बगाएको छ। तातोपानी लघु जलविद्युत् आयोजनाको पावर हाउस र तातोपानीका कुण्डहरू पुरिएका छन्। गाउँमाथिको ठुलो पहाड चिराचिरा पर्न थालेकाले जोखिम कायमै रहेको उपाध्यक्ष कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
