लगानी बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणको मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाका रूपमा विकास गर्ने बताएका छन्।
आइतबार लगानी बोर्डको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशनसमेत दिए। बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणमा मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्। “बोर्डबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाका रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले म उत्साहित भएको छु,” प्रधानमन्त्री दाहालले भने, “परियोजना विकासमा बोर्डले अपनाएको ‘स्क्रिनिङ’ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष छ। अब परियोजनाको पहिचान र ‘स्ट्रक्चरिङ’मा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई काम गर्नेतर्फ ध्यान जानुपर्छ।”
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले गत आवमा बोर्डको म्यान्डेट, व्यावसायिक योजनासहितको रणनीतिक योजना तथा सरकारको बजेट तथा कार्यक्रमको अधीनमा रही सम्पन्न भएका कार्यप्रगतिबारे प्रतिवेदनमा उल्लेख गरिएको बताए।
प्रतिवेदनमा चार खम्बे रणनीतिबमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीअन्तर्गतका कार्य प्रस्तुत गरिएको छ। भट्टले गत आवमा चारवटै स्तम्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै आगामी वर्ष आफूले सम्पन्न गर्ने मुख्य कार्य संक्षिप्त रूपमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका छन्।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेस गर्ने तथा बोर्ड अध्यक्ष र कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
