काठमाडौँ भित्रिने प्रमुख सडक नारायणगढ–मुग्लिनखण्ड आइतबार बिहानदेखि अवरुद्ध छ। उक्त सडकखण्ड केही दिनदेखि पटक–पटक अवरुद्ध हुँदै आएको छ।
काठमाडौँ– बाढीपहिरोका कारण देशभरका सात स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ भित्रिने प्रमुख सडक नारायणगढ–मुग्लिनखण्डसहित विभिन्न सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ। नारायणगढ–मुग्लिनखण्ड केही दिनदेखि पटक–पटक अवरुद्ध हुँदै आएको छ।
आइतबार बिहान इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो खसेपछि उक्त सडक पुनस् अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन रहेको उनको भनाइ छ।
यस्तै, मनाङको दानाक्युमा पहिरो जाँदा डुम्रे–बेशीसहर–चामे सडक पनि अवरुद्ध छ। पाँचथरको हेवाखोला आएको बाढीका कारण तमोर कडिरोर मिहना दिनयता अवरुद्ध छ।
तानसेन–रिडी–कोरला सडकअन्तर्गत म्याग्दीको काइकुखोला र बइसारीमा पहिरो गएको छ। पहिरोका कारण उक्त सडक दुवै स्थानमा पूर्ण अवरुद्ध छ। लमजुङको रामबजारमा पहिरो जाँदा डुम्रे–बेशीसहर–चामे सडक पनि अवरुद्ध बनेको विभागले जनाएको छ।
विभागका अनुसार अरू विभिन्न राजमार्गका २१ ठाउँमा पहिरो गएको छ। ती सडकहरू भने एकतर्फी सञ्चालन भइरहेका छन्।
पहिरो पन्छाएर सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ। अवरुद्ध सडकमा पहिरो पन्छाएर र मर्मत गरेर सञ्चालनको प्रयास भइरहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
