टोखाको कारखानामा ‘ब्रेक शू’बाट सुन निकालेर प्रशोधन गरिएको प्रमाण भेटिएको र त्यसक्रममा सुन गाल्ने ठूलो मेसिन फेला परेको विभाग स्रोतले जनाएको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करले भित्र्याएको करिब १०० किलोग्राम सुनको अनुसन्धान गर्नेक्रममा राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौँको टोखामा तस्करहरुले खोलेको एउटा कारखाना फेला पारेको छ।
त्यो कारखानालाई सुन तस्करहरुले गोदामका रुपमा प्रयोग गरेको र तस्करीको सुन भारत पठाउनुअघि त्यहाँ प्रशोधन गर्ने गरिएको भेटिएको छ। विभागको टोलीले पक्राउ परेका व्यक्तिहरुले दिएको सूचनाका आधारमा शनिबार साँझ काठमाडौँको टोखा क्षेत्रमा छापा मारेको थियो।
शनिबार रातभर त्यस क्षेत्रमा छापा मारेर गरेको अपरेसनका क्रममा सुन भारत लैजानुअघि प्रशोधन गर्ने फ्याक्ट्री भेटिएको विभागका एक अनुसन्धान अधिकृतले उकालोलाई बताए। त्यहाँबाट बरामद भएका सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर भारत लगिसकेको हुनसक्ने देखिएको उनले बताए।
विभागले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान मात्र ठमेलस्थित होटल भियनामा छापा मारेर एकजना नेपाली मुलका बेल्जियन नागरिकलाई पक्राउ गरिएको विभागस्रोतले जनायो।
दावा छिरिङ नामका नेपाली मूलका ती बेल्जियन नागरिकको साथबाट केही कागजात र सामग्रीहरु समेत बरामद भएका छन्। पछिल्लो समय सुन तस्करहरुले हङकङ लगायतका ठाउँबाट ‘ब्रेक शू’मा राखेर सुन ल्याउने गरेका थिए।
टोखाको कारखानामा ‘ब्रेक शू’बाट सुन निकालेर प्रशोधन गरिएको प्रमाण भेटिएको र त्यसक्रममा सुन गाल्ने ठूलो मेसिन फेला परेको विभाग स्रोतले बतायो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
