मध्यावधि निर्वाचनको नतिजाले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आधार तय गर्दछ।
काठमाडौं– अमेरिकामा मध्यावधि निर्वाचनका लागि आज मतदान भइरहेको छ। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको ४३५ सिट र माथिल्लो सदन सिनेटको १०० मध्ये ३५ सिटका लागि मतदान हुन लागेको हो।
आजै अमेरिकाका ३६ राज्यका गर्भनर चयनका लागि समेत मतदान हुनेछ। अमेरिकामा हाउस अफ रिप्रिजेन्टेभिभ्समा कुनै पनि पार्टीले बहुमत ल्याउन २१८ सिट जित्नुपर्ने हुन्छ। यस्तै, अमेरिकी सिनेटको एक तिहाई संख्याको चयनका लागि हरेक दुई वर्षमा चुनाव हुने गरेको छ।
पछिल्लो दुई वर्षयता हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेट सांसदको बाहुल्य छ। त्यहाँ २२१ जना सांसद छन्। तर, माथिल्लो सदन सिनेटमा कडा प्रतिस्पर्धा छ। हाल सिनेटमा रिपब्लिकन पार्टीका ५० र डेमोक्रेटिकका ४० सांसद छन् भने बाँकी २ सिट स्वतन्त्र हुन्छन्। जसले बाइडन सरकारको समर्थन गर्छन्।
आजको मतदानमा सहभागी हुन नसक्नेले यसअघि नै अनलाइनमार्फत भोट गरेका छन्। अमेरिकामा अहिले डेमोक्रेटिक पार्टीका जो बाइडन राष्ट्रपति रहेकाले अमेरिकी संसदमा उनको पार्टीको बहुमत ल्याउन उनीसहित प्रमुख नेताले चुनावी अभियानलाई तीव्र पारेका थिए।
विपक्षी रिपब्लिकन पार्टीले समेत संसदमा आफ्नो पार्टीको बहुमत ल्याउन कुनै कसर बाँकी राखेको छैन। संसदमा आफ्नो बहुमतका लागि दुई पार्टीको प्रतिस्पर्धात्मक चुनावी अभियानले धेरैको ध्यान केन्द्रीत गरेको थियो।
डेमोक्रेटिक पार्टीका तर्फबाट सिनेटका उम्मेदवार जोन फेटरम्यानलाई सघाउन पूर्वराष्ट्रपति बराक ओबामा र राष्ट्रपति जो बाइडन चुनावी अभियानमा सक्रिय देखिएका थिए।
यसअघि सन् २०१८ को निर्वाचनमा मतदानका लागि योग्य उमेरका ४९ प्रतिशत मानिसले मत खसालेका थिए। यो संख्या अमेरिकामा ४० वर्षपछिकै उच्च मतदाता संख्या थियो। अहिलेको चुनावमा पनि त्यसभन्दा बढी मानिस मतदानमा सहभागी हुने चुनावी सर्वेक्षणले देखाएका छन्।
नोभेम्बर ८ मा मतदान गर्न समय नमिलाउने मतदाताले आफ्नो मन पर्ने उम्मेदवारलाई यसअघि नै मत खसालिसकेका छन्। मध्यावधिक चुनावका लागि ३ करोड ५५ लाख अमेरिकीले भोट खसालिसकेको अमेरिकी निर्वाचन आयोगले जनाएको छ।
जर्जियाको विवादास्पद चुनावमा १८ लाख मत खसिसकेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्। तर, सन् २०१८ मा त्यहाँ केबल ४ लाख मत खसेको थियो। चुनावको औपचारिक दिनभन्दा अघि नै खसेका मतले यसपटकको चुनावमा धेरै मत खस्ने आकलन गरिएको छ।
विशेषगरी नर्थ क्यारोलिनामा ५० प्रतिशत, एरिजोनामा २१ प्रतिशत र मेरिल्यान्डमा १९ प्रतिशतसम्म मत खस्ने अनुमान छ। मध्यावधि चुनावमा जर्जिया, पेन्सलभेनिया र विस्कन्सिन राज्यको मत महत्त्वपूर्ण मानिएको छ।
यस्तै, मध्यावधि निर्वाचनको नतिजाले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आधार तय गर्दछ। मध्यावधि चुनावमा बाइडनको डेमोक्रेटिक पार्टीले बहुमत ल्याए जलवायु परिवर्तन, स्वास्थ्य सेवालगायत कार्यक्रमलाई अघि बढाउने अजेन्डा अगाडि सारेको छ।
यस्तै, बन्दुकसम्बन्धी कडा नियम लागू गर्ने विषय पनि अघि बढ्ने छ। तर, यदि हारे संसदमा उनको समर्थन कमजोर बन्ने र उनलाई महत्त्वपूर्ण निर्णयका लागि कठिन हुनेछ।
यता चुनावमा विपक्षी रिपब्लिकन पार्टीले जिते राष्ट्रपति बाइडनका अजेन्डामा रोक लाग्नुका साथै सो पार्टीसँग अनुसन्धनात्मक कमिटीको नियन्त्रण हुने छ। त्यस कमिटीले सन् २०२१ जनवरी ६ मा भएको क्यापिटल हिंसासम्बन्धी मामिलामाथि चलिरहेको अनुसन्धान रोक्नसमेत सक्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
