पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेशवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ। आइतबार जनकपुरधाममा दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन्।
एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेशवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए।
उनले जनकपुरधाम जान नदिनका लागि मधेशवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए। नेता चौधरीले मधेशको आन्दोलनका लागि लड्दा आफू साढे ८ वर्षसम्म जेलमा बस्नुपरेको उल्लेख गरे।
एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारू लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
