गभर्नर अधिकारीले अप्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनका लागि छुट्टै फ्रेम वर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी वर्ष अर्थतन्त्र सहज हुने देखेर लचिलो मौद्रिक नीति आएको बताएका छन्। आइतबार आईबीएन मिडियाले काठमाडौँमा आयोजना गरेको मौद्रिक नीति पछिको छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
उनले विदेशी मुद्रा सञ्चितिमा आएको सुधार तथा वर्षान्तमा बैंकहरूमा देखिएको तरलता सहजताले राष्ट्र बैंकलाई आगामी वर्ष सहज हुने देखेर लचिलो मौद्रिक नीति अपनाएका बताए। उनले राष्ट्र बैंकले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको बताए।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई साढे छ प्रतिशत बनाउनु नै लचकता अपनाउनु भएको संकेत गरे। उनले विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उल्लेख गरे। उनले युरोपियन युनियनको राष्ट्रिय बैंक र बैंक अफ इंग्ल्यान्डले समेत कडा मौद्रिक नीति अपनाइरहेको भन्दै नेपाल राष्ट्र बैंकले लचिलो आर्थिक नीति लिनुको आधार गत वर्षको आर्थिक तथ्यांकले दिएको स्पेस र बाह्य क्षेत्रमा सहज भएको स्पष्ट पारे।
उनले अहिले घरजग्गा क्षेत्रमा परेको दबाब र मनोबल गिरेको अवस्थामा मनोबललाई उकास्न मौद्रिक नीतिले नीतिगत दरलाई घटाएको उल्लेख गरे। उनले समग्रमा ११.५ प्रतिशतको निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि हुने अनुमान गरी लक्ष्य राखेकोमा लक्ष्य बढी भएको र कम भएको दुवै प्रतिक्रिया आएको बताए।
उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने, निजी क्षेत्रको मनोबल बढाउने विषयमा प्राविधिक रूपमा हिसाब गरेर ल्याएको बताए। उनले बैंकहरूमा कर्जाको औसत ब्याजदर,निक्षेपको औसत ब्याजदर र बैकहरूको बेस रेट निरन्तर रूपमा गत माघदेखि घट्दै आइरहेकाले राष्ट्र बैंक धेरै आशावादी रहेको बताए। उनले बैंकहरूमा घट्दै गएका रेटले कर्जाको ब्याजदर कम हुने संकेत गरेको बताए।
गभर्नर अधिकारीले गत वर्षकै जसरी रेमिट्यान्स आएको रेमिट्यान्स नघट्ने राष्ट्र बैंकको अनुमान रहेको बताए। उनले बैंकहरूमा अहिले करिब अढाई खर्बको तरलता रहेको सुनाए। त्यही खालको रेमिट्यान्स निरन्तर आइराख्दा आगामी वर्षमा ५६२ अर्बको कर्जा निजी क्षेत्रमा बिस्तार गर्न सकिने उनको भनाइ थियो। उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्छौँ भन्ने मान्यताका साथ मौद्रिक तथ्यांकहरू र मौद्रिक लक्ष्यहरू मौद्रिक नीतिमा लिएको उल्लेख गरे।
गभर्नर अधिकारीले प्राकृतिक प्रकोप अथवा कुनै पनि किसिमले अप्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनका लागि छुट्टै फ्रेम वर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए। उनले व्यवसायीहरूबाट आएका सुझावहरूलाई सम्बोधन गर्ने गरी चालु पुँजी कर्जालाई पनि संशोधनको तयारीमा रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
