सांसदहरूले नेपाल तस्करहरूको स्वर्णभूमि बनेको बताउँदै जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन्।
काठमाडौँ– सांसदहरूले नेपाल तस्करहरूको स्वर्णभूमि बनेको बताउँदै जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरू नेपाल तस्करहरूको लागि स्वर्णभूमि बन्नु राम्रो नभएको बताएका हुन्।
उनीहरूले पछिल्लो समय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणले मुलुकको साख गिरेको बताए। उनीहरूले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री र मन्त्रालयहरूलाई बोलाएर छलफल गर्नुपर्ने र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग गरे।
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको बताए। उनले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा प्रयोग भएको खबर बाहिरिएको उल्लेख गरे। उनले सरकार जबाफदेही बन्नेभन्दा पनि वादप्रतिवादमा उत्रिने काम गरेको बताए।
उनले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) का उच्च तहका नेताहरू संलग्न रहेको कुरा बाहिरिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिनको आयोग बनाउनुपर्ने बताए।
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले जनप्रतिनिधिमूलक संस्था निष्क्रिय बनाएर सरकार अस्थिर भइरहेको बताए। वर्तमान सरकार सेटिङमा चलेको भन्दै उनले सुनकाण्डमा सरकारमा रहेका गृहमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता छ भनेर सरकार पक्षकै सांसदहरूले कुरा उठाएपछि समितिले गम्भीर हुनुपर्ने बताए।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले नेपाल सुन तस्करको स्वर्णभूमि बनेको बताए। उनले सुन तस्करीका कारण मुलुकको साख गिर्यो र आफूलाई मुख देखाउनै गाह्रो भएको बताए। उनले भ्रष्टाचारका जुनसुकै काण्डमा पनि सरकार निष्पक्ष रूपमा अन्तिम बिन्दुसम्म पुग्नुपर्ने बताए।
“नेपाल त तस्करहरूको स्वर्णभूमि नै बनिसकेको रहेछ। यस्तो स्वर्णभूमि जसका हामी सांसद, सरकारमा छौँ, संसद्मा छौँ। यसलाई टुलुटुलु हेरेर बसेका छौँ। मुलुकको साख एकदमै खस्यो। नराम्रो प्रभाव परेको छ। हामीलाई मुख देखाउन नै गाह्रो भयो,” उनले भने “भ्रष्टाचारका काण्डमा, सुन, भुटानी शरणार्थी, ललिता निवास चाहे जुनसुकै भ्रष्टाचार काण्डमा हामी अन्तिमसम्म पुग्नुपर्छ।”
उनले स्कुटरको ब्रेक–शूमा सुन आएको भनिरहँदा स्कुटर कहाँबाट आयात हुन्छ? कसरी विमानस्थलबाट स्कुटरको ब्रेक–शू छिर्न दिइयो? भन्नेबारेमा छानबिन हुनुपर्न माग गरे। उनले यति ठूलो मात्रामा सुन तस्कर हुँदा प्रधानमन्त्री कार्यालयसहित अर्थ, गृह र पर्यटन मन्त्रालय के गरेर बसेका थिए? भन्दै प्रश्न गरे।
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सुन काण्डबारे सम्बन्धित मन्त्रीहरूलाई बोलाएर छलफल हुनुपर्ने बताए। उनले मुलुक साँच्चै भ्रष्टाचारीको मुलुक भएको हो? भन्दै प्रश्न गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
