उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्।
काठमाडौँ– उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्। प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का, प्रदेशसभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पुल निर्माणको माग गरेको हो।
उक्त टोलीले स्थानीय जनप्रतिनिधि, कांग्रेस, एमाले, माओवादी, समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्। मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्दै चौदण्डीगढी नगरपालिका-५ मा सिवाई–बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आश्वासन दिए।
उनले भने, “चौदण्डीगढी-५का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भत्किएको पुलको पुनः निर्माणको काम एक वर्षभित्रै हुन्छ। यसमा चिन्ता नलिन म आग्रह गर्दछु। काम नयाँ शिराबाट शुरू हुन्छ।”
मन्त्री ज्वालाले उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्ने र पुलको भेरिएसन मन्त्रिपरिषद्बाट पास गराएर कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, सडक विभाग विभागको निर्देशक सुशिल बाबु ढकालले उक्त पुलको टेक्निकल समस्याको सबै पत्ता लगाइ सकिएको बताए। “हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौँ। त्यसको बिम्ब र स्ल्याबसहितको निरीक्षण गरे रिपोर्ट आइसकेको छ।अब खाली प्रक्रिया र मन्त्रिपरिषद्बाट भेरिएसन पास गराएपछि काम शुरू भइहाल्छ,” उनले भने।
चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्ने पुल २०६६ सालमा शिलान्यास भई २०७७-०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो। तर पुलका दुई वटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ।
पुल निर्माण सम्पन्न नहुँदा जिल्लाका बासिन्दालाई आउ–जाउ गर्न समस्या भएको छ। सर्पदंश लगायतका बिरामीहरूलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले मन्त्रीसँग माग गरेको हो।
बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ। पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ।पुलको डिजाइन र माटोको परीक्षण काठमाडौँ बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो थियो भने निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौँले गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
