कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेश तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको हुँदा बाढी र पहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेश तथा आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार ती क्षेत्रमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। यस कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। महाशाखाले सोमबार बिहान सामाजिक सञ्चालमार्फत सतर्क रहन सन्देश जारी गरेको छ।
महाशाखाले सोमबार दिउँसो मौसम सामान्य बदली रहने जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमका एकदुई स्थानमा चट्याङसहित वर्षा हुनसक्न महाशाखाले जनाएको छ।
त्यसैगरी, सोमबार राति देशभर सामान्य बदली हुनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। अन्य प्रदेशका एकदुई ठाउँमा पनि वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
