नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ। प्लेइङ ११ मा परेका दीपेन्द्रले खेलमा ब्याटिङ र बलिङ गर्न भने पाएनन्।
काठमाडौँ- नेपालको राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्स क्यानडामा भइरहेको ग्लोबल टी२० लिगको शीर्ष स्थानमा पुगेको छ। नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ।
वर्षाले अवरुद्ध खेल ६ ओभरमा घटाइएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको टाइगर्सले २ विकेट गुमाएर ७७ रन बनाएका थिए। प्लेयर अफ द म्याच घोषित क्रिस लिनले १८ बलमा ३८ रन बनाए।
७८ रनको लक्ष्य पछ्याएको नेसनल्सले २ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो। २ ओभर बलिङ गरेका टाइगर्सका आन्द्रे रसेलले १५ तथा १/१ ओभर गरेका कलिम सानाले १ र अब्बास अफ्रिदीले ६ रन मात्र दिएपछि नेसनल्सले लक्ष्य भेट्टाउन नसकेको हो।
यो खेलमा दीपेन्द्र पनि प्लेइङ ११ मा थिए। तर उनले ब्याटिङ र बलिङ दुवै गर्न पाएनन्। उनले अहिलेसम्म टाइगर्सबाट ६ नम्बरमा ब्याटिङ गर्ने गरेका छन्। उनको टिमले २ विकेट मात्र गुमाएका कारण उनको पालो नै आएन।
यो जितपछि टाइगर्स ६ खेलबाट नौ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा पुगेको छ। दोस्रो स्थानमा रहेको ब्राम्पटन उल्फको ६ खेलबाट आठ अंक छ। तेस्रो स्थानमा सन्दीप लामिछाने संलग्न सरे जागर्स छ। पाँच खेल खेलेको जागर्सको ६ अंक छ। जागर्सले अर्को खेल दोस्रो स्थानको ब्राम्पटनसँग नेपाली समयअनुसार साँझ ८:४५ बजे खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
