एकीकृत समाजवादीले यसअघि स्थगित गरिएका केन्द्रीय सचिवालय स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीका बैठकहरू अब साउन १९ गतेदेखि शुरू गरेर भदौ ७ गते सक्ने भएको छ।
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले यसअघि स्थगित गरिएका केन्द्रीय सचिवालय स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीका बैठकहरूका लागि नयाँ कार्यतालिका बनाएको छ।
अब सबैभन्दा पहिला केन्द्रीय सचिवालय बैठक साउन १९ गते र अन्तिममा केन्द्रीय समिति बैठक भदौ ५, ६ र ७ गते बस्नेछ। सचिवालय बैठक चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले जनाएका छन्। केन्द्रीय कमिटी बैठक भने ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा हुनेछ।
त्यसैगरी, सचिवालय बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक साउन २० र २१ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। त्यसपछि पोलिट ब्युरो बैठक भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमै बस्नेछ। पोलिट ब्युरो बैठक सकिएको भोलिपल्टैबाट केन्द्रीय कमिटी बैठक हुनेछ।
यी बैठकमा विभिन्न जिम्मेवारीमा खटिएका नेताहरूको रिपोर्टिङ हुने र राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची छ।
यसअघि, एकीकृत समाजवादीले साउन १६ गतेदेखि गर्ने भनेको पार्टीको स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको थियो। तयारी नपुगेको भन्दै बैठकहरी स्थगित गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
