सो संग्राहलयले नेपाललाई प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरू प्रदर्शन गर्ने अवसर दिएको छ।
काठमाडौँ– भारतको बिहार संग्रहालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रर्दशनीमा नेपाल पनि सहभागी हुनेभएको छ।
आगामी साउन २२ गतेदेखि असोज २० गतेसम्म आयोजना हुने सो प्रर्दशनीका लागि नेपालले ६६ वटा कलाकारका २०५ वटा उत्कृष्ट कला र संस्कृति झल्काउने खालका तस्वीरहरू प्रदर्शनीका लागि पठाउने नेपाल कला परिषद्ले जनाएको छ। त्यसको औपचारिक जानकारी बिहार संग्रहालयलाई गराइसकेको परिषद्का अध्यक्ष सागरशमशेर जबराले जानकारी दिए।
नेपाललाई सो प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरू प्रदर्शन गर्ने अवसर सो संग्राहलयले उपलब्ध गराएको छ। नेपालको कला र संस्कृतिलाई फेरि विश्वमाझ अझ परिचित गराउने अवसर सो प्रदर्शनीबाट हुने अध्यक्ष जबराको भनाइ छ।
जबराले भने, “२०५ जना आर्टिष्टहरूको ६६ वटा आर्टसहितको हाम्रो त्यहाँ बृहत प्रदर्शनी हुँदैछ। सामान पुगिसकेको छ।”
सो प्रदर्शनीमा नेपालसहित रुस, इजरायल, कोष्टारिका र पानमाको पनि विशेष प्रदर्शनीहरू हुनेछ। नेपालले यसअघि पनि विश्व प्रसिद्ध बेल्ट संग्राहलयमा आफ्नो कला र संस्कृति झल्कने प्रदर्शनीमा भाग लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
