सरकारले रकम भुक्तानी नदिँदा आफूहरूले मजदुरलाई पनि भुक्तानी दिन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन्।
काठमाडौँ- सरकारले असार मसान्तमा दिसक्नुपर्ने भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले प्रधानमन्त्री निवास बालुवारमा सोमबार प्रदर्शन गरेका छन्।
निर्माण व्यवसायी महासंघको अगुवाइमा प्रदर्शन भएको हो। सरकारले ठूलो रकम भुक्तानी रोक्दा मजदुरलाई दिन नसकेको र अन्य व्यवहारिक समस्या परेको भन्दै उनीहरूले विरोध जनाएका छन्।
निर्माण व्यवसायीहरू सेफ्टी हेल्मेटसहित बालुवाटारमा एक घण्टा धर्ना दिएका थिए। उनीहरू नारा लगाउँदै बालुवाटार छिर्ने सडकमा बसेका थिए।
यसअघि,निर्माण व्यवसायी महासंघको अगुवाइमा उनीहरू सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना बसेका थिए। सरकारले आयोजनामा म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर निर्माण व्यवसायीहरू आन्दोलनमा छन्।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
