यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।
अमेरिकाको एरिजोना राज्य अहिले इतिहासकै सबैभन्दा लामो गर्मीको समस्यासँग जुधिरहेको छ। यहाँको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा बढी हुने गरेको छ। यति धेरै गर्मी हुनु मानिसका लागि घातक हुनसक्छ। यो गर्मीबाट हुने खतरा सम्झाउनका लागि एउटा विशेष प्रकारको रोबोटलाई ड्युटीमा राखिएको छ।
यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।
एएनडीआईलाई एरिजोना स्टेट युनिभर्सिटीमा तापक्रम नाप्ने काममा लगाइएको छ। यो रोबोट पहिलो मानवीय गुणसहितको भएको बताइएको छ। युनिभर्सिटी अफ मेकानिकल इन्जिनियरिङ विभागका प्रध्यापक कोनराड रेकाजेआस्कीले समाचार संस्था एएफपीलाई भनेका छन्, "यो विश्वकै पहिलो आउटडोर थर्मल रोबोट हो, जसलाई नियमित रूपमा बाहिर लैजान सकिन्छ। यसले पर्यावरणमा कति गर्मी छ भन्ने मापन गर्न सक्छ।"
उनका अनुसार एएनडीआईबाट मान्छेले जलवायु परिवर्तनको असरका कारण कसरी प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन गर्न सकिन्छ। रोबोटबाट परिक्षण हुने हुँदा मान्छेलाई कुनै जोखिममा नराखी नतीजा आउने उनको भनाइ छ।
यो रोबोट पहिलोपटकमा कुनै दुर्घटनाको परीक्षण गर्ने डमीजस्तो देखिन्छ। यसको कार्बनबाट बनेको छालामुनि प्रविधि प्रयोग गरेर पसिना आउने संयन्त्र राखिएको छ। उदाहरणका लागि एकआपसमा जोडीएका सेन्सरको नेटवर्कले शरीरमा फैलिरहेको गर्मीको आकलन गर्छ।
साथै, एएनडीआईको शरीरलाई ठन्डा गर्ने एक यन्त्र पनि राखिएको छ। योसँगै छालामा छिद्र पनि छन्, जसले सास लिन र पसिन बगाउन सहयोग गर्छन्।
यो रोबोटले मान्छेले जस्तै ढाडबाट धेरै पसिना बगाउँछ। यसमा ३५ वटा स्वतन्त्र थर्मल जोन राखिएको छ। यसलाई बनाउन ५ लाख डलरभन्दा बढी खर्च भएको समाचारमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
