गएरातिको भूकम्पले डोटीको पूर्वीचौकि गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ ।
कठमाडौँ– डोटीको पूर्वीचौकि गाउँपालिकामा मंगलबार राति भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ।
वडा नं ३ ठाडा गाउँका ६ जनाको मृत्यु भएको र ५ जना गम्भिर घाइते भएको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए। घाइतेको उद्धार गरेर राति नै जिल्ला अस्पताल पठाइएको उनले बताए।
“उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् सुविधासम्पन्न अस्पतालमा लाने तयारी भइरहेको छ”, उपाध्यायले उकालोसँग भने, “मृतकको शव निकालिसकेका छौं।’ उनका अनुसार ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ।
यस्तै ४५ वर्षीय प्रेम बोहरा, १२ वर्षीया तुलसी बोहरा र १७ वर्षीया छोरी धनसरी बोहराको मृत्यु भएको उपाध्यायले बताए। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्र बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। राति २.१२ बजे गएको भूकम्पले दर्जनौं घरहरू भत्किएको पालिका अध्यक्ष उपाध्यायले जानकारी दिए।
“हामी रातभर उद्धार र शव निकाल्न मै व्यस्त भयौं। कति क्षति भयो भन्ने अवस्था छैन”, उनले भने, “दर्जनौं घर भत्किएको भनेर धेरैतिरबाट फोन आइरहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
