पशुपति परिसर क्षेत्रमा भएका कतिपय घन्टीबाट रालो हराएको झण्डै एक दशक भइसकेको छ। तर फेरि रालो नराख्दा ती घन्टी आवाजविहीन भएका छन्।
विश्व सम्पदाको सूचीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजा गर्न नेपालबाहिरका हिन्दू पनि आउँछन्। पशुपति परिसरमा मूल मन्दिरबाहेक अन्य मन्दिर र मूर्तिहरू पनि छन्। ती मन्दिर र मूर्तिअगाडि झुन्डिएका घन्टहरू कतिपयमा भने रालो नै छैन।
रालो नभएका कारण भक्तालुहरूले घन्ट बजाउन सक्दैनन्। ती रालो चोरिएको झण्डै एक दशक भइसक्दा पनि पुन: राखिएको छैन।

ती रालो २०७२ सालमा भूकम्प गएका बेला हराएको पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। कतिपयले रालो निकालेर छाडिदिने गरेको र त्यस्तो भए घन्टीमै राख्ने गरिएको उनको भनाइ छ।
मठमन्दिरको जिम्मा पुजारीको हुने र त्यहाँ क्षति पुगेको जानकारी आए मर्मतको व्यवस्था गरिने गुठी संस्थान शाखा पशुपतिकी प्रमुख सुशीला शर्माले बताइन्।
थप समाचार भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
