जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर ८६५ जना डेंगीबाट संक्रमित भैसकेका छन्। सबैभन्दा धेरै पथरीशनिश्चरे नगरपालिकामा ६५० जना बिरामी फेला परेका छन्।
विराटनगर- सुनसरीको धरानमा डेंगीले आठ जनाको मृत्यु भइसक्दा छिमेकी जिल्ला मोरङमा पनि रोग दिनप्रति फेलिदै गएको छ। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर ८६५ जना डेंगीबाट संक्रमित भैसकेका छन्।
सबैभन्दा धेरै पथरीशनिश्चरे नगरपालिकामा ६५० जना बिरामी फेला परेका छन्। यसैगरी लेटाङ, मिक्लाजुङ, केराबारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका संक्रमित देखापरेका छन् ।
मोरङको १७ पालिकाकामध्ये सात पालिकामा डेंगीका बिरामी देखिएका छन्। जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। डेंगी नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको उनको भनाइ छ।
डा. मेहताले डेंगी फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान शुरू गर्नाका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको पनि बताए। डेंगी संक्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनुका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने किटहरू पालिकाको मागअनुसार पठाइसकिएको मेहताले बताए।
विराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन जना डेंगीका बिरामीको उपचार भइरहेको छ। अस्पतालमा असार १ गतेदेखि असार १५ गतेसम्म १५ जना डेंगीका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चन्द्रलाल झाले बताए।
यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने भएकाले अविलम्ब चिकित्सकसँग सम्पर्क गर्नुपर्ने डा. झाको सुझाव छ। यो रोगबाट बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ।
उता धरान उपमहानगरपालिकामा डेंगी संक्रमण दरमा वृद्धि हुँदै गएको छ। जेठ दोस्रो सातायता आठ जनाले ज्यान गुमाएका छन्।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार कुल तीन हजार ९८१ जनाको परीक्षण भएकोमा दुई हजार ३९३ जनामा डेंगी संक्रमण देखिएको छ। “धरानमा डेंगी संक्रमण दर ५९ प्रतिशत रहेको छ,” जनस्वास्थ्य अधिकृत मेहताले उकालोसँग भने।
यो डेंगी संक्रमण ‘आउट ब्रेक’को संकेत भएको सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बताउँछन्। “यसको मतलब जसरी गत वर्ष काठमाडौँमा घरैपिच्छे डेंगी संक्रमित थिए, सोहीअनुरूपको संक्रमण फैलन लागेको भनेर बुझ्न सकिन्छ,” डा. पुन भन्छन्, “यसले धरानमा अनब्रेकएबल रूपमा डेंगी संक्रमण फैलन सक्ने संकेत गर्छ।”
जनस्वास्थ्य अधिकृत मेहताका अनुसार धरानमा चार वर्षअघि सन् २०१९ मा डेंगीको ‘आउट ब्रेक’ भएको थियो। धरान अहिले फेरि डेंगी संक्रमणको ‘हटस्पट’ बन्ने लागेको छ। जेठ दोस्रो हप्तादेखि शुरू भएको डेंगी संक्रमण पछिल्ला दिनमा आक्रामक रूपमा वृद्धि भइरहेको उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
