सुन तस्करी प्रकरणको छानबिनका गर्न समिति बनाउनेबारे सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको सोमबारका लागि तय बैठक सूचना टाँसेर स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको सोमबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।
संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्। एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् अवरोध गर्ने अडान लिएपछि सभामुख देवराज घिमिरेको निर्देशनमा महासचिव गौतमले बैठक स्थगितको सूचना टाँस गरेका हुन्।
त्यसअघि सभामुखले एमाले, गृहमन्त्रीलगायत सम्बन्धित पक्षसँग छलफल गरे पनि निष्कर्ष ननिस्किएपछि बैठक स्थगित भएको हो। एमालेले त्रिभुवन विमानस्थलबाट जाँच पास भई बाहिरिएको सय किलो सुन बरामद प्रकरण छानबिन गर्नका लागि उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने माग राखेको छ।
सोमबारको बैठकमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची थियो।
त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन,२०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्ने गर्ने कार्यसूची थियो।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
