राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले १६औँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन्
काठमाडौँ– राष्ट्रिय योजना आयोगले १६औँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी बनाउने भएको छ।
सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले १६औँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन्। त्यसका लागि चालु आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको बताए।
चालु आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै उनले एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडि बढाउने बताए। उनका अनुसार आगामी वर्षमा देशभर कृषि, पशुपक्षी पालन, जडीबुटी, साना घरेलु, लघु र मझौला उद्योगका कार्यक्रमलाई जोड दिइने छ।
त्यस्तै, होटल, एग्रो, रिसोर्ट र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगलाई नेटवर्किङ गरेर ठूल्ठूला आयोजना खोल्ने कार्यक्रम पनि समावेश गरिने छ। उनले सामूहिकतालाई जोड दिने गरी अगाडि बढ्नुपर्ने, कृषिको उत्थान भए उद्योगको उत्थान हुने र अर्थतन्त्रमा विकास हुने बताए।
उनले विकास निर्माणका काम गर्न अवरोध उत्पन्न हुने नीतिगत समस्या समाधान गर्नुपर्ने अवस्था आएको आएको र यसका लागि विकास विधेयक तर्जुमा भइराखेको बताए।
उनले आयोगले आयोजना वर्गीकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा पठाएको र मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको उल्लेख गरे। सो कार्यविधि पारित भएमा स्थानीय तह, प्रदेश र संघले विकास निर्माणको कुन–कुन काम गर्ने भन्नेमा प्रष्ट हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
