मधेश प्रदेशमा छैटौँ पटक मन्त्रिपरिषद् बिस्तार

छैटौँ पटक बिस्तार भएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ।

काठमाडौँ– मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्यविभाजन गरेका हुन्। समिम नेपाली कांग्रेसका सांसद हुन्। 

त्यस्तै, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी जनमत पार्टीका सांसद चन्दनकुमार सिंहले पाएका छन्। दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। 

यससँगै मधेश प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ। मधेश सरकारले सोमबार छैटौँ पटक मन्त्रिपरिषद् बिस्तार गरेको हो।