धनाढ्यहरुको सूचीमा चौधौँ स्थानमा रहेका अडानी १० महिनामै दोस्रो स्थानमा पुग्न सफल भएका हुन्। धनाढ्यहरूकाे सूचीमा कोही पनि एसियाली यो स्थानसम्म पुगेको पहिलो पटक हो ।
भारतका व्यापारी गौतम शान्तिलाल अडानी विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। यसअघिका धनाढ्य जेफ बेजोसलाई तेस्रो स्थानमा धकेल्दै अडानी ब्लुम्बर्गका अरबपतिको सूचकांकको आधारमा दोस्रो स्थानमा परेका हुन्। यसअघि धनाढ्यहरूको सूचीको चौधौँ स्थानमा रहेका अडानीले १० महिनामै यो सफलता पाएका हुन्।
अडानी समूहअन्तर्गत थुप्रै व्यवसायका मालिका गौतम अडानीको कूल सम्पत्ति १४६ अर्ब ९० करोड अमेरिकी डलर छ। अडानीको तटीय व्यवसाय, कोइला, चलचित्र उद्योगलगायत थुप्रै क्षेत्रमा लगानी छ। सन् २०२० यता अडानीका केही कम्पनीहरूको शेयर एक हजार प्रतिशतले उकालो लागेका कारण उनको सम्पत्ति बढेको हो। यस्तै, विकासका लागि भन्दै भारत सरकारले निर्माण तथा संरचना र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा लगानीका लागि प्राथमिकता दिएपछि यी क्षेत्रसँग सम्बन्धित अडानीका कम्पनीहरूलाई फाइदा पुगेको हो।
सन् २०२२ मा मात्रै उनको अडानी इन्टरप्राईजेजको शेयर ११५ प्रतिशतसम्म वृद्धि भयो। भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीलाई पछि पार्दै अडानी गत फेब्रुअरीयता भारतका समेत सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए।
ब्लुमबर्गको सूचीमा कुनै पनि एसियाली धनाढ्य दोस्रो स्थानसम्म पुगेको यो पहिलो पटक हो। अहिलेसम्म ब्लुम्बर्गका धनाढ्यहरुको सूचीमा सबै श्वेत र प्राविधिक उद्यमीहरुको वर्चस्व छ।
धनी व्यक्तिहरुको सूचीमा तेस्रो स्थानका जेफ बेजोसको कूल सम्पत्ति १४५ अर्ब ८० करोड अमेरिकी डलर रहेको ब्लुम्बर्गले जनाएको छ। बेजोसको कम्पनी अमेजनको शुरुवाती कारोबारमा ३ प्रतिशतले घटेको र यस वर्ष मात्रै २५ प्रतिशतले गिरावट आएका कारण उनको सम्पत्ति मूल्यांकन घटेको हो। यसअघि बेजोस ब्लुम्बर्गका धनाढ्यहरुको सूचीमा पहिलो नम्बरमा थिए।
विश्वको सर्वाधिक धनीको सूचीको पहिलो स्थानमा एलन मस्क छन्। बिजुली कार निर्माता कम्पनी टेस्लाका मालिक तथा वैज्ञानिक मस्कको सम्पत्ति २६० अर्ब डलर छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
