फ्रान्सका स्टार फरवार्ड जिदान र उरूग्वेका स्टार फरवार्ड सुआरेज विश्वकप फुटबल खेलका क्रममा विपक्षीमाथि गरेकाे हर्कतका कारण विवादमा परेका थिए ।
काठमाडौँ– खेलकुदको उद्देश्य समाजमा सद्भाव जगाउनु हो। तर, कहिलेकाहीँ यस्ता घटना घट्छन्, जसले खेलाडीसँगै खेलको छवि बिगार्छ। समर्थकमा गलत सन्देश पनि जान्छ। फिफा विश्वकप फुटबल पनि यसबाट अछुतो छैन। फिफा विश्वकपका क्रममा फुटबलको छवि बिगार्ने दुई घटना :
जिनेदिन जिदानको ‘हेडबट’
इटालियन डिफेन्डर मार्को माटेराजीले यस्ताे विवाद निम्त्याए, जसले फुटबललाई बदनाम गर्यो। सन् २००६ को विश्वकप फाइनलमा फ्रान्स र इटालीको खेल चलिरहेकाे थियो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १–१ गोलको बराबरीमा थिए। ७औँ मिनेटमा स्टार फरवार्ड जिदानले पेनाल्टीमार्फत् गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
तर, १९औँ मिनेटमा मार्कोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो खेलको रोमाञ्चक अन्तिम क्षणसम्म रहेको थियो। दुवै टोलीले उपाधि जित्ने प्रयास गरिरहेका थिए। फ्रान्सले इटालीको पोस्टमा अलि बढी आक्रमण बुनिरहेको थियो। यो फ्रान्सका स्टार खेलाडी जिदानका लागि अन्तिम विश्वकप थियो र फ्रान्सेली टोली उनलाई विजेताका रूपमा बिदाइ गर्न चाहन्थ्यो।
सन् १९९८ को विश्वकपमा ब्राजिललाई पराजित गर्दै फ्रान्सलाई उपाधि दिलाएका जिदान आफैँ पनि टोलीलाई पुनः च्याम्पियन बनाउने प्रयासमा थिए। खेल पेनाल्टी सुटआउटतर्फ अगाडि बढेको थियो। त्यसपछि इटालीका डिफेन्डर मार्कोले ‘कुटिल चाल’ चाले। अचानक मार्को मैदानमा लडे। मार्कोले जिदानकी बहिनीका बारेमा यस्तो टिप्पणी गरेकी त्यो उनलाई सैह्य भएन र क्रोधित हुँदै मार्कोलाई छातीमा हेडबट हाने।
जिदानले खेलको ११०औँ मिनेटमा रातो कार्ड पाए र मैदानबाट बाहिरिए। मार्कोको योजना सफल भयो र फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भयो। इटालीले विश्वकप जित्यो तर समर्थकको मन भने जित्न सकेन। डिफेन्डर मार्कोको जीवनभर यो घटना कालो दागको रूपमा रह्यो। यो हेडबटलाई पाँच मिटर अर्थात् १६ फिट लामो चाँदीको प्रतिमा बनाइएको छ, जसमा जिदानले मार्कोलाई प्रहार गरेको चित्रण गरिएको छ।
सन् २०१३ मा दोहाको ‘सी फ्रन्ट’मा पनि चार साता यो प्रतिमा प्रदर्शनीमा राखिएको थियो। तर, विवाद उत्पन्न भएपछि हटाइएको थियो। यसवर्षको फिफा विश्वकपमा यो प्रतिमालाई पुर्नस्थापना गर्ने तयारी भइरहेको छ। कतारका प्रधानमन्त्री खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीले यस प्रतिमाले मानसिक स्वास्थ्य र तनावसँग लड्न सिकाउने दाबी गरेका छन्।
उनका अनुसार प्रतिमा दोहाको नयाँ अन्तर्राष्ट्रिय खेलकुद संग्रहालयमा स्थापना गरिने छ। अल थानीले भनेका छन्, ‘‘यो सार्वजनिक कला हो। हामीले यसलाई ३–२–१ संग्रहालयमा पुनः स्थापना गर्ने योजना बनाएका छौँ। जिदान कतारका असल साथी हुन्। यससँगै उनी अरबका लागि रोल मोडल पनि हुन्।’’ जिदानको प्रतिमामार्फत् खेलाडीलाई तनाव कसरी नियन्त्रण गर्ने भनेर सिकाउने उनको भनाइ छ ।
संग्रहालयका अधिकारीहरूले विश्वकप सुरू भएसँगै प्रतिमा प्रदर्शनमा राखिने बताएका छन्। ‘हेडबट’को प्रतिमा फ्रान्सेली कलाकार एडेल अब्देसले बनाएका हुन्। २०१३ मा प्रतिमा स्थापनापछि यसले केही रूढिवादीलाई आक्रोशित पारेको थियो । त्यसपछि सामाजिक सञ्जालमा एउटा अभियान चल्यो, जसमा मानिसहरूले प्रतिमा स्थापना गर्ने निर्णयको निन्दा गरेका थिए।
यसबारे अल थानीले भनेका छन्, ‘‘कलाको अक्सर विरोध हुन्छ। सुरूमा कतिपयले आलोचना गर्छन्, तर पछि स्वीकार गर्छन्।’’ कतारले विगत दुई दशकमा नयाँ संग्रहालय र कलाका लागि करोडौं डलर खर्च गरेको छ। फिफा विश्वकप २०२२ का लागि दोहामा १४ लाख मानिस आउने अपेक्षा गरिएको छ।
सुआरेजको टोकाइ
उरूग्वेका अनुभवी फरवार्ड लुइस सुआरेज प्रायः विवादमा परिरहन्छन् । सुआरेजले धेरै पटक लाजमर्दो हर्कत देखाएर टोली र फुटबलको बदनाम गरेका छन्।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सुआरेजले खेलका क्रममा इटालीका डिफेन्डर जर्जियो चेलिनीलाई दाँतले टोके। दुई टोलीबीच २०१४ जुन २४ मा समूह चरणको खेल हुँदै थियो। ७९औँ मिनेटमा सुआरेजको चेलिनीसँग विवाद भयो। यो विवाद यति बढ्यो कि रिसाएर सुआरेजले चेलिनीलाई टोके।
तर, सुआरेजले खेलाडीलाई टोकेको यो पहिलो घटना भने होइन। उनले यसअघि पनि दुईपटक यस्तो कार्य गरिसकेका थिए, यो सानो घटनाका रूपमा लिइएको थियो। तर, यसपटक उनले चेलिनीलाई टोकेको घटनाले ठूलो तरंग मच्चायो। फिफाले चार महिनाको प्रतिबन्ध लगायो। यसबाहेक उनीमाथि भारी जरिवानासहित ९ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध पनि लगाइएको थियो।
उक्त घटनापश्चात् प्रिमियर लिग क्लब लिभरपुलले सुआरेजलाई निकालेकाे थियो। त्यसपछि उनलाई क्याटलान क्लब बार्सिलोनाले भित्र्यायो। बार्सिलोनामा बनेको थियो ‘एमएसएन कम्बिनेसन’। अर्जेन्टिनी फरवार्ड लिओनल मेसी, सुआरेज र ब्राजिली स्टार नेयमारको उक्त ‘कम्बिनेसन’ले बार्सिलोना पहिलो सिजनमै घरेलु लिग ला लिगा र युईएफए युरोपियन च्याम्पियन्स लिग जित्न सफल भयो।
मेसी र पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको दबदबा रहेको ला लिगामा सुआरेज २०१५/१६ सिजन सर्वाधिक गोलकर्ता मात्र बनेनन्, युरोपियन गोल्डेन जुत्ता पनि जित्न सफल भए। त्यस सिजन सुआरेजले ला लिगाको सर्वोत्कृष्ट खेलाडी अवार्ड पनि जितेका थिए। दुई सिजनयता सुआरेज अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडमा छन्।
त्यहाँ पनि उनले घरेलु लिगको उपाधि जितिसकेका छन्। सुआरेजले १७ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरमा ६८ गोल गरेका छन्।
उनी उरूग्वेका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। आधुनिक फुटबलका उत्कृष्ठ फरवार्ड भए पनि उनी रोनाल्डो र मेसीको छायामा पर्ने गरेको बताइन्छ।
-एजेन्सीकाे सहयाेगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
