सन् २०१५ को जापान यात्रालाई नेपथ्यले भूकम्प पीडितका लागि राहत संकलन गर्ने मञ्चका रूपमा प्रयोग गरेको थियो। त्यसबाट भएको आम्दानी प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।
काठमाडौँ– श्रृंखलाबद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ।
जापानको राजधानी टोकियोसहित फुकुओका र ओसाका शहरका आयोजना हुने कन्सर्टका लागि १४ सदस्यीय टोली यसै साता त्यसतर्फ प्रस्थान गर्दैछ।
नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ मा आफूलाई प्रस्तुत गर्नेछ। अगस्त १२ मा ‘फुकुओका सिभिल हल’ र अगस्त १७ मा ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुन्जाउने छ।
नेपथ्य सन् १९९८ मा पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक भने सन् २०१८ मा भने प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुती दिएको थियो। अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुन पाउनु आफैँमा नेपथ्यका लागि कोशेढुंगा रहेको ब्यान्डका मुख्य गायक अमृत गुरुङ बताउँछन्।
“जापानसँग धेरै सम्झनाहरू जोडिएका छन्,” गुरुङ भन्छन्, ‘केही बर्षअघि टोकियो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रा लागि अविस्मरणीय छ।” आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृतले सुनाए।
जापान लामो समयदेखि नेपाली तन्नेरीका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तव्य बनिरहेको छ। पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि जापान जाने न्पालीको संख्या बढ्दो छ।
सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेका बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रसारण गरेको थियो।
त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रूपमा प्रयोग गरेको थियो। त्यसबाट भएको आम्दानी प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।
सन् २०२३ भर नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवर्द्धन अभियान श्रृंखलाका रूपमा प्रस्तुत गर्ने नेपथ्यको योजना छ। जापानमा पनि अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने भएका छन्।
आफूहरूले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी शहरमा श्रृंखलाबद्ध कन्सर्ट आयोजना गर्नलागेको यो पहिलोपटक भएको पब्लिकेसन नेपालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
