सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन्।
काठमाडौँ– सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बैठक मंगलबार मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने सभामुखको सचिवालयले जनाएको छ। यसअघि सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।
उनले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री दाहाल र ओलीको ध्यानाकर्षण गराएका थिए। सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ स्मरण गराएका थिए।
सदन अवरोध खोल्ने विषयमा सोमबार पनि सभामुख घिमिरेले प्रधानमन्त्री दाहाल, ओली, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए।
एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
