यसअघि भएका सम्झौता कार्यान्वयन, सम्पूर्ण ठेक्काको म्याद एकमुष्ट म्याद थप हुनुपर्ने लगायत माग राखेर निर्माण व्यावसायीले प्रदर्शन गरेका छन्।
काठमाडौँ– निर्माण व्यावसायीले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका व्यावसायीले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर प्रदर्शन गरेका हुन्।
प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गर्न आग्रह गरे। सरकारले निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
“भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने लगायत नौ बुँदे माग लिएर आन्दोलन गरेका छौँ,” अध्यक्ष सिंहले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठोस कार्य योजना बनाएर माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहन्छ।”
यसअघि भएका सम्झौता कार्यान्वयन र सम्पूर्ण ठेक्काको म्याद एकमुष्ट म्याद थप हुनुपर्ने उनले बताए।
व्यवसायीहरूले ‘सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर’लगायत नारा लेखिएका ‘प्लेकार्ड’समेत प्रदर्शन गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
