युरोपेली लिग खेल्न सावित्रा इजरायल प्रस्थान

सावित्रा इजरायली क्लब हापोएल रानानाबाट खेल्न मंगलबार बिहान त्यसतर्फ स्थान गरेकी हुन्। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको छ।

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन्।

उनी इजरायली क्लब हापोएल रानानाबाट खेल्न मंगलबार बिहान त्यसतर्फ स्थान गरेकी हुन्। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको छ।

उनले हापोएलबाट २०२३/२४ को सिजन खेल्ने छिन्। नेपाली राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४४ गोल गरिसकेकी छन्।

भारतमा इन्डियन वुमन्स लिग खेल्दै तीन पटक उपाधि जितिसकेकी सावित्रालाई नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसले इजरायली क्लबमा खेल्ने वातावरण निर्माण गर्दिएका हुन्।

सावित्राले यसलाई परीक्षाको रूपमा लिएको बताएकी छन्। “यो ‘फस्ट स्टेप’ हो। फाइनल ‘एक्जामसँग आफूलाई तयार राख्ने छु,” उनले भनिन्, “आमनेपाली फुटबल फ्यान र महिला फुटबललाई हेर्ने दृष्टिकोण फरक पार्ने कोसिस गर्नेछु।”