कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ– कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। मंगलबार सभामुख गौतमले उपसभामुख सिर्जना दनुवारलाई राजीनामा पत्र बुझाएका हुन्।
कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले सभामुख गौतमले राजीनामा बुझाएको जानकारी दिए। उनका अनुसार राजीनामा पत्र दर्ता भइसकेको छ।
गौतमले सभामुख पदबाट राजीनामा दिएर सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई समर्थन गर्ने भएका छन्।
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा मंगलबार ५ बजे सकिँदै छ। सत्ता गठबन्धनले काठमाडौँबाट बोलाएर राजीनामा दिन आग्रह गरेपछि गौतमले विराटनगर पुगेर राजीनामा दिएका हुन्। गौतम २०७९ पुस २८ गते कोशी प्रदेशको सभामुख निर्वाचित भएका थिए।
उनले राजीनामा दिएर समर्थन गर्ने भएसँगै गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका कांग्रेस नेता थापाको पक्षमा बहुमत पुग्ने भएको छ।
यसअघि थापालाई मुख्यमन्त्री बनाउन सभामुख रहँदै गौतमले पनि हस्ताक्षर गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो। असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध दायर भएको रिटमा अदालतले पूर्ण इजलास साउन ११ गते जनु बिन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।
कोशीमा ९३ सदस्यीय प्रदेशसभा रहेको छ। यहाँ बहुमत पुग्नका लागि ४७ सांसद आवश्यक पर्छ। गठबन्धनसँग ४७ सांसद छन्। कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक जना सांसद छन्। विपक्षीमा नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
