भेलोसिटी पम्प फेस्ट शनिबार हुने

एक दिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टर महिला तथा पुरुषले सहभागिता जनाउने छन्।

काठमाडौँ- स्विचब्याक नेपाल र हिमालयन सिंगल ट्र्याकको आयोजनामा यही साउन २० गते भेलोसिट पम्प फेस्ट आयोजना हुने भएको छ।

एक दिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टर महिला तथा पुरुषले सहभागिता जनाउने छन्।

प्रत्येक विधामा तिन शीर्ष विजेतालाई प्रायोजकले पुरस्कृत गर्ने आयोजकले जानकारी दिएको छ। त्यस्तै, एलिटतर्फको विजेता खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगितालाई क्यालिबर जुत्ता, गोर्खा फाइनान्स तथा स्थानीय बाइक सपहरूले प्रायोजक गरेको छ भने जायन्ट मुख्य प्रायोजकका रूपमा रहेको छ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न ३ लाख ५० हजार अनुमानित बजेट रहेको रहेको छ।