संसद्मा पठाउने गरी संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
काठमाडौँ– सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद् बैठकमा पेस गर्ने गरी सो विधेयक स्वीकृत गरेको हो।
संसद्मा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
त्यसैगरी, बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ। मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भीरतापूर्वक छलफल भएको बताइन्।
“लामो समयदेखि प्रतीक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसद्मा पठाउन आज स्वीकृति दिएको छ। त्यसै गरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ। लम्पी स्किनलगायतका विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको छ” उनले भनिन्।
सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
