विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्।
मंगलबार न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारीसाधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारीसाधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युत्ले नपुगे भारतबाट विद्युत् आयात गरेर भए पनि १०० प्रतिशत विद्युत् ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका हुन्।
कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीसाधन बढ्दै जाँदा विद्युत् अभाव हुन्छ कि भन्ने मान्छेहरूलाई चिन्ता लागेको भन्दै विद्युतीय सवारीसाधनका लागि विद्युत् अभाव हुन नदिन प्राधिकरण प्रतिबद्ध रहेको बताए। उनले प्राधिकरणले मुलुकभित्रै विद्युत् खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्न सक्ने सुनाए। उनले प्राधिकरणले १ हजार मेगावाट विद्युत् थप गरिरहेको समेत बताए।
त्यस्तै, उनले विद्युत् आयात गरेर विद्युतीय सवारीसाधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा हुने बताए। भारतबाट विद्युत् आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने पनि उनको भनाइ छ। विद्युत् खपत बढाउन गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्सन चुलो बाल्नुपर्ने उनको धारणा छ।
उनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न देशभरका ५१ स्थानमा स्मार्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको बताए। उनले सुर्खेत, मुल्कोट, काठमाडौँको चार पाँच ठाउँमा चार्जिङ स्टेसन रहेको बताए। उनले विद्युत् प्राधिकरणको कम्पाउन्डभित्र रहेको चार्जिङ स्टेसन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको उल्लेख गरे। उनले प्राधिकरण थप १३ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा रहेको सुनाए।
उनले विनियम संशोधन गरेर २०० सम्मको ट्रान्सफर्मर प्राधिकरणले राखिदिने व्यवस्थासमेत गरेको बताए। उनले सहज रूपमा सबैलाई विद्युत् पुर्याउनका लागि ठूलो लगानी आवश्यक रहेको औँल्याए। करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपमा जस्तो २४ घण्टा विद्युत् उपलब्ध हुने अवस्था आउने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
