पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको आयल निगमले जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ भने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको मंगलबारको बैठकले स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको छ। हवाई इन्धनको मूल्य यथावत् राखिएको छ। मूल्य वृद्धि भएसँग पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७३ र डिजेल र मट्टितेलको १५३ रुपैयाँ पुगेको छ।
निगमले एलपी ग्यासको मूल्य १३० रुपैयाँले घटेको छ। यससँगै ग्यास सिलिन्डरको मूल्य १६६० कायम भएको छ। यसअघि मूल्य समायोजन गर्दा निमगले ग्यासको मूल्य १० रुपैयाँ घटाएको थियो।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य समायोजन गरेको हो। भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँ बढेर आएको र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ११७.६२ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्यसूची पठाउने गर्छ, त्यसअनुसार नेपालमा इन्धनको मूल्य घटबढ हुने गर्छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
