कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे शुरू हुने बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र प्रदेशका १०० जना पदाधिकारी सहभागी हुँदैछन्।
काठमाडौँ– सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबारदेखि काठमाडौँमा शुरू हुँदैछ।
बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ। बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ।
दाहाल गत पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए। सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको माओवादीको दाबी छ।
बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र प्रदेशका १०० जना पदाधिकारी सहभागी हुनेछन्।
यसैबीच, माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ। बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्नेछन्।
बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन त्यसअघि स्थायी समितिको बैठक बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
