मंगलबार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मुख्यमन्त्रीपछिको वरीयतामा रहने गरी मन्त्री बनाउन लागिएको माओवादी केन्द्रले जनाएको छ।
काठमाडौँ– कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ।
नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन गौतमले मंगलबार सभामुखबाट राजीनामा दिएका थिए। गौतमलाई मन्त्री बनाउन लागिएको तथा मन्त्रालयबारे भने टुंगो लागिनसकेको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।
उनलाई मुख्यमन्त्रीपछि दोस्रो बरीयतामा रहने गरी मन्त्री बनाउन लागिएको हो। कांग्रेस प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामका अनुसार गठबन्धन दलको बैठक बसेर मन्त्रालयको टुंगो लगाइनेछ। गठबन्धनको बैठक बुधबार दिउँसो बस्ने उनले बताए।
अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मत लिएपछि मात्रै अरू थप्ने सहमति भएको हाङ्गामले बताए। कांग्रेसले भने प्रदीप सुनुवारलाई मन्त्री बनाउने तयारी गरेको छ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा गठबन्धन दलको समर्थनमा मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री र मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
