बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताएका छन्।
काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक शुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। माओवादीले राजनीतिक र सांगठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो।
सो उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिएका हुन्। बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ।
बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र प्रदेशका पदाधिकारी १०० गरी ७५८ जनाको सहभागिता छ। बैठक पाँच दिनसम्म चल्नेछ।
केन्द्रीय समिति बैठक अगाडि बिहान पदाधिकारी र स्थायी समितिको बैठक बसेको थियो। बैठकले अध्यक्ष दाहालको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको थियो।
यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत असारमा बसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
