केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा धेरै १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता बागमती प्रदेशमा रहेका उल्लेख छ।
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशभर साढे सात लाख माओवादी कार्यकर्ता रहेको दाबी गरेका छन्।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुरू पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै देशभर सात लाख ५२ हजार ९५६ माओवादी कार्यकर्ता रहेको उल्लेख दाबी गरेका हुन्। उनले पेश गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन्। बागमतीमा एक लाख ४७ हजार ५५३, मधेशमा एक लाख १६ हजार ९७५ र लुम्बिनीमा १ लाख १२ हजार ९१० जना माओवादी कार्यकर्ता छन्। त्यसैगरी, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा पाँच हजार ५३७ जना कार्यकर्ता छन्।
अध्यक्ष दाहालले माओवादी केन्द्रको संगठन मजबुत बनाउन आउँदो भदौदेखि तीन महिना संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव पनि गरेका छन्। भदौ, असोज र कात्तिकमा हुने अभियानमा देशभरका ६ हजार ७४३ वटै वडामा समिति गठन गर्ने उल्लेख छ। त्यसैगरी, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्ने छ।
यो अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने प्रस्ताव पनि दाहालले गरेका छन्।
दाहालले प्रतिवेदनमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने जस्ता योजना प्रस्तुत गरेका छन्। माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमूना बनाउने पनि प्रतिवेदनमा उल्लेख छ।
दाहालले माओवादी केन्द्र अहिले माओवादी पार्टीजस्तो नभएको भन्दै यही बैठकलाई पार्टी पुनर्निर्माणको शुरूआत बनाउनुपर्ने धारणा राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
